बालिकालाई ठक्कर दिएर भागेका अटो चालक २६ दिनपछि पक्राउ

0 Shares

काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा ५ वर्षीया बालिकालाई ठक्कर दिएका भागेका अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१२ घर भएका २६ वर्षीय सुवास सुनारलाई भारतबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा.१ ह ७००३ नम्बरको अटोले ठक्कर दिँदा घाइते भएकी ५ वर्षीया बालिका युबिका बुढाथोकीको भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । आरोपीलाई भारतको हरियाणाबाट भारतीय प्रहरीसँगको समन्वयमा २६ दिनपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजकुमार गौतमले जानकारी दिए ।

सम्बन्धित समाचारसबै