उपचारकाे क्रममा कीर्तिपुर नगरपालिकाका ४ नम्बर वडाध्यक्षको मृत्यु

0 Shares

काठमाडौं – कीर्तिपुर नगरपालिकाका ४ नम्बर वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । नयाँ वर्षको दिनमै दुर्घटना भएर गम्भीर घाइते भएका अधिकारीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आज विहान निधन भएको कीर्तिपुरकी उपप्रमुख सुनिता शाक्यले जानकारी दिइन् । शाक्यका अनुसार आज विहान ३ बजेदेखि अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो भने १० बजे आसपासमा अस्पातालले मृत्यु भएको औपचारिक जानकारी दिएको हो । १ वैशाखमा कीर्तिपुर वडा नम्बर ४ को पुष्पलाल पार्कबाट घर जाने क्रममा स्थानीय मनोज बुढाथोकीले चलाएको मोटरसाइकलमा अधिकारी दुर्घटनामा परेका थिए ।

सम्बन्धित समाचारसबै