उपनिर्वाचनको तयारी पूरा, मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

0 Shares

काठमाडौं– उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्‍बर १मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।

निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ।  निर्वाचन सुरू हुनु ४८ घण्टा अगाडि नै प्रचारप्रसार गर्न आयोगले निषेध गरेको थियो। यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको आयोगले जनाएको छ।  मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ।

आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न र मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबन्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिएको सहायक प्रवक्ता वाग्लेले बताए।

सम्बन्धित समाचारसबै