0
Shares
काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो । महानगरपालिकामा सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरुमा पनि गुनासो समेत आउन थालेको छ ।
महानगरपालिकाका अनुसार सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही नै गर्ने तयारी गरेको राजु पाण्डेले बताए ।