0
Shares

काठमाडाैं– कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पंडित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट नौ हजार घुस लिइसकेको २०७९ फागुन १८ गते नियन्त्रणमा लिएको थियो । अख्तियारले मुख्य कसुरदार पण्डित र लाल मतियार भएको भन्दै अख्तियारमा मुद्दा दायर गरेको हो ।