0
Shares
गुल्मी– गुल्मीमा मानव कंकाल फेला परेको छ। जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा कंकाल फेला परेको हो। गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठका अनुसार वेवारिसे अवस्थामा फेला परेको कंकाल पहिचान गर्न सक्ने अवस्थामा छैन।
टाउको देखि शरीरका मांशपेशी समेत सकिएर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव रहेका कारण महिला र पुरूष समेत छुट्याउन नसकिएको इन्स्पेक्टर श्रेष्ठले बताए। खोलामा दुर्गन्धित अवस्थामा शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए।
सूचना पछि प्रहरीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरी कंकाललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाएको छ।