चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

0 Shares

काठमाडौं – चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो ।

‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसहित बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरिएको हो,’ बोर्डको निर्णयमा भनिएको छ । काठमाडौं बाहिर रहेर फिल्म निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधि नियमित सञ्चालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचारसबै