कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार पक्राउ

0 Shares

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर स्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा २०७९ साउन २४ मा बिहान लुटेरा समूहले ३५ तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए ।

सो लुटमा संलग्न मुख्य योजनाकार ललितपुरको गोदावरी बस्दै आएका ५१ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चन्द्रागिरि नगरपालिका–१ वाणभञ्याङ घर भएका सानुकान्छाको पृष्ठभूमि पनि आपराधिक छ । २०५४ सालपछि उनी चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । जेल छुटेपछि उनी पटक–पटक डाँका मुद्दामा फरार देखिएको थिए। सानुकान्छा माथि प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै