दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

0 Shares

देउखुरी– दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल बिक रहेको छन्।   एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै