
काठमाडौं-उच्च अदालत पाटनको आदेश अवज्ञा गरेको भन्दै काठमाडौंको प्रर्दशनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का प्रमुख डा.जीवनधर ज्ञवालीविरुद्ध उच्च अदालत पाटनमा अवहेलनाविरुद्धको मुद्दा दर्ता भएको छ ।
अदालतको आदेशको अवज्ञा गरेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटि अध्यक्ष मदन भण्डारीले उच्च अदालत पाटनमा मुद्दा दाएर गरेका हुन् ।
चैत ५ गते देशैभरी स्ववियु निर्वाचन हुने भनिएतापनि काठमाडौंका मुख्य क्याम्पसहरु आरआर सहित पाटन संयुक्त,अमृत साइन्स क्याम्पस,नेपाल कर्मस क्याम्पस,र त्रिचन्द्र क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । रोकिएका क्याम्पसमा तत्काल निर्वाचन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर भएकोमा चैत १४ गते उच्च अदालत पाटनले १५ दिनभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न क्याम्पसको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
तर चैत २६ र ३० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको भएपनि विद्यार्थी संगठनहरुबीच विवाद हुँदा विभिन्न विद्यार्थी संगठनको तालाबन्दिले उक्त मितिमा पनि निर्वाचन हुन नसकेपछि गत शुक्रवार भण्डारीसहितको टोलिले क्याम्पस प्रमुखविरुद्ध अदालतको आदेश अवज्ञा गरेको निष्कर्षसहित मुद्दा दाएर गरेको थियो ।