विराटनगरका पार्किङस्थलमा सिसिटिभी क्यामेरा जडान

0 Shares

विराटनगर – विराटनगर महानगरपालिकाले पार्किङस्थलमा सिसीटिभी क्यामेरा जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ ।

व्यापारीहरुले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो । अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने मेयर नागेश कोइरालाले जानकारी दिए । सिसीटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ । मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको सिसी क्यामेरामार्फत पार्किङस्थलको अवलोकनसमेत गरेका छन् ।

 

सम्बन्धित समाचारसबै