0
Shares
काठमाडौँ – स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फागुनन्द गाउँपालिका–३ घर भएर ललितपुर बस्ने ४६ वर्षीय एकराज नेम्वाङ छन् ।
स्लोभाकिया जान १२ लाख लाग्ने र त्यहाँ प्रति महिना २ लाख कमाई हुने सपना देखाएर उनले पीडितहरुलाई विश्वासमा लिएका थिए । प्रहरीले गोंगबुबाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ ।