ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

0 Shares

जनकपुरधाम – सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।  गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।

सम्बन्धित समाचारसबै