0
Shares
लमजुङ– प्रजातन्त्रिक विचार राख्ने व्यवसायीहरूको नयाँ संगठन ूप्रजातान्त्रिक उद्योग बाणिज्य संघ लमजुङ जिल्ला कार्यसमिति गठन भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् व्यवसायी प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
बुधबार नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा को प्रमुख आथित्यतामा एक कार्यक्रमको आयोजना गरी समितिको घोषणा गरिएको हो समितिको उपाध्यक्षमा मृगेन्द्र घिमिरे सचिवमा पिर्तम अधिकारी, कोषाध्यक्षमा शोभा खवास र सदस्यहरुमा पूर्ण लाल श्रेष्ठ, ध्रुव देब जोशी, सुर्यनाथ घिमिरे, केदारमान श्रेष्ठ, कृष्ण जग गुरुङ, प्रकाश कुवर, ध्रुव बहादुर रावल, भोलानाथ पौडेल, ईश्वर बहादुर गुरुङ्ग, मदन बहादुर गिरी, यम चन्द्र श्रेष्ठ रहेको नवगठित समितिका उपाध्यक्ष मृगेन्द्र घिमिरेले जानकारी दिए ।