८ महिनामा १ अर्ब २० करोडको पास्ता निर्यात

0 Shares

काठमाडौँ  – चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालबाट १ अर्ब २० करोड ८७ लाख रुपैयाँभन्दा धेरैको पास्ता निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट अर्बौ रुपैयाँको पास्ता निर्यात भएको हो । नेपालबाट ४ प्रकारका पास्ता निर्यात हुँदै आएको छ । जसमा २ प्रकारका ‘अनकूक्ड’ पास्ता र २ प्रकारका स्टफ्ड पास्ता निर्यात हुन्छ । नेपालबाट विश्वका दर्जनौं देशमा पास्ता निर्यात हुँदै आएको सबैभन्दा ठूलो बजार भारत देखिएको छ ।

भारतर्फ अर्बौ रुपैयाँको पास्ता निर्यात भएको तथ्यांकले देखाएको छ । अस्ट्रेलिया, जापान, इटाली, सिंगापुर, अमेरिका, बेलायत, हङकङ लगायत देशमा समेत पास्ता निर्यात हुँदै आइरहेको छ । यस्तै, कोरिया, बेल्जियम, क्यानडा, फिनल्यान्ड, मलेसिया, कतार र येमनमा समेत पास्ता निर्यात हुँदै आएको छ ।

सम्बन्धित समाचारसबै