0
Shares

काठमाडौँ – ‘क’ श्रेणीका निर्माण व्यवसायी खगेन्द्र बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको केशमा प्रहरीले बुढामगरलाई शुक्रबार अपरान्ह भक्तपुरबाट नियन्त्रणमा लिएको हो । वुद्धमाया श्रेष्ठ, तारामैया गुरुङ, हरिप्रसाद कोइराला र सुनिल कुमार उपाध्यायले बुढामगरविरुद्ध जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिससर काठमाडौंका प्रवक्ता डिएसपी निरञ्जनदत्त भट्टका अनुसार बुढामगर विरुद्ध करिब दुई करोडको चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी भएपछि नियन्त्रणमा लिइएको हो । बुढामगरले दिएका विभिन्न मितिका चेकहरु बाउन्स भएको थियो । पक्राउ परेपछि बुढामगरले विभिन्न शक्तिकेन्द्रमार्फत् प्रहरीलाई रिहा हुन दबाब दिएका छन्। रोल्पाको गाम निवासी बुढामगर राजनैतिक शक्तिकेन्द्रसँग निकट छन्। उनी श्री जयन्ती निर्माण सेवा कम्पनीका सञ्चालक हुन् ।