0
Shares

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक एक पुरुषले आत्मदाह प्रयास गरेका छन्। उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै ती व्यक्तिको सुरक्षित उद्धार गरेको थियो।
प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति ५० वर्षीय प्रेम लामा हुन्।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपीका अनुसार उद्धार गरिएका व्यक्तिलाई बानेश्वर वृत्तमा राखेर परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ।