एक सयवटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

0 Shares

काठमाडौं– निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री व्यवस्था गरिनेछ ।

साथै रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिने आयोगले जनाएको छ ।

 

सम्बन्धित समाचारसबै