काठमाडौं- एनआइसी एसिया क्यापिटल लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई प्रविधिको प्रयोगमार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ मोबाइल एप सञ्चालनमा ल्याएको हो ।
क्यापिटलबाट प्रदान गरिने सेवा तथा क्यापिटलसँग आबद्ध भएका ग्राहकहरूले मोबाइल एपबाटै सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने कम्प्नीले जनाएको छ । उक्त एपबाट सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानमा लगानी गर्न, अनलाइन डिम्याट एकाउन्ट खोल्न, मेरो सेयर रजिस्टर गर्न तथा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा सहभागी हुन मिल्नेलगायतका विभिन्न थप सुविधा रहेको जनाइएको छ ।
यो एप एन्ड्रोइडको प्ले स्टोर तथा आइओएसको एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । साथै, आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवालाई डिजिटलाइज्ड रूपमा मोबाइल एपबाटै सम्पूर्ण सेवा उपलब्ध गराउने लक्ष्य लिएको क्यापिटलले जनाएको छ ।