उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

0 Shares

काठमाडौँ – वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकालाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र आजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने निर्वाचन आयोगको तयारी छ ।

आउँदो वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

सम्बन्धित समाचारसबै