प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0 Shares

काठमाडौँ – सफ्टवेयर खरिद गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासैनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध मुद्दा दायर गरिएको छ।

आयोगले बुधवार विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरुले सफ्टवेयर खरिद गरेर प्रयोग नै नगरी सरकारी सम्पती बदनियतपूर्वक हानी गरेको आयोगको ठहर छ । आयोगले आरोपीहरुविरुद्ध १ लाख ९९ हजार बिगो कायम गरेर मागदावी लिएको छ ।

सम्बन्धित समाचारसबै