0
Shares
काठमाडौँ – काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ को एक गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय आषिस तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् । उनीहरुले नक्कली फेसबुक आइडी बनाएर भेट्न बोलाएर गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।