0
Shares
काठमाडाैँ– परराष्ट्रसचिव भरतराज पौड्याल चीन जाने भएका छन् । नेपाल–चीन द्वीपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बेइजिङमा हुने १५औँ बैठकमा भाग लिन पाैड्याल त्यसतर्फ जान लागेका हुन् ।
बैठक आगामी शुक्रबार हुँदै छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ वेइडङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।