मधेस प्रदेश सरकारबाट एमाले बाहिरिँदै

0 Shares

जनकपुरधाम- मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । एमालेसँगको गठबन्धन भत्किए पनि सरकारबाट एमाले नबाहिरिँदा गठबन्धनभित्रका राजनीतिक दलहरूलाई अप्ठ्यारो हुन थालेपछि राजीनामा दिन लागेको एमालेका एक जना सांसदले बताएका छन् ।

राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएपछि उपराष्ट्रपतिको चुनावपछि नै उनीहरू सरकारबाट बाहिरिने तयारीमा थियो । तर, एमाले बाहिरिएपछि प्रदेशको नेतृत्वमा काँग्रेसले दाबी गर्न थालेपछि  मुख्यमन्त्री यादवकै आग्रहमा एमाले सरकारबाट बाहिरिएको थिएन ।

सम्बन्धित समाचारसबै