प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किए, सत्ता साझेदार दलसंग छलफल गर्ने

0 Shares

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको कार्यक्रम सम्पन्न गरेर काठमाडौँ  फर्किएका छन् । बिहीबार बिहान चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला उडेका प्रचण्ड दिउँसो काठमाडौँ फर्किएका हुन् । सो क्रममा प्रचण्ड चितवनको एयरपोर्ट भवनको शिलान्यास र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

काठमाडौँ फर्किएसँगै उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्ता साझेदार दलमा एक चरण छलफल गर्ने तयारी गरेका छन् । त्यसपछि मन्त्रीहरुको नियुक्ति गरेर शपथ गराउने प्रचण्डको तयारी छ ।

सत्ता साझेदार दलमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २–२ र अन्य साना दलले १–१ मन्त्रालय पाउने समझदारी भएको छ ।  सोहीअनुसार मन्त्री र मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड जुटेका हुन् ।

 

सम्बन्धित समाचारसबै