मीटरब्याजी पीडितहरूलाई भेट्न मातातीर्थ पुगे सिके राउत

0 Shares

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउत मीटरब्याजी पीडितहरूलाई भेट्न आज मातातीर्थ पुगेका छन् । अध्यक्ष राउतले पीडितहरुको लागि बस्ने, खाने व्यवस्थामा सहयोग गर्ने बताएका छन् । साथै उनले पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकारले अविलम्ब समस्याको‌ समाधान नगरे आफ्नो पार्टीले यसमा आवाज उठाउने उनले बताए ।  महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका हुन् । सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।

सम्बन्धित समाचारसबै