पत्रकार राैनियारमाथि कुटपिट

0 Shares

धादिङ –  ग्यालेक्सी फाेरके टेलिभिजनका सम्वाददाता ३४ वर्षीय विकास राैनियारलाई अबैध बालुवा उद्योगकाे समाचार र भिडियाे खिचेकाे आराेपमा ०७९ चैत ११ राती वालुवा उद्योग संचालकहरुले कुटपिट गर्दा घाइते भएका छन् ।

घाइते पत्रकार राैनियारकाे गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ । घटनामा सम्लग्न आराेपितहरुलाई प्रहरीले चैत ११ गते राती गिरफ्तार र आराेपित विरुद्ध अभद्र व्यवहार अन्तरगत मुद्दा दर्ता गरिएकाे ईलाका प्रहरी कार्यालय गजुरीका दिपेन्द्र कुँवरले बताए।

घटनामा सम्लग्नहरुलाई कारबाहीकाे माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारको मर्यादित पेशा प्रति सम्मान गर्न सचेत गराउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन, प्रकाशन/प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंग माग गरेकाे छ ।

सम्बन्धित समाचारसबै