0
Shares

कैलाली– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हिजो राति करिब ९ बजेतिर मोहन्याल गाउँपालिका–५ तालबन्दस्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका–७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको हो।
से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको उपचारका क्रममा मृत्यु भएको हाे। गौरीगंगा नगरपालिका ८ लिक्मा बस्ने ३४ वर्षीय ट्याक्टर चालक मान बहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।