लोसपा कार्यकारिणी समितिको बैठक सुरु

0 Shares

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तार लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । सो पार्टीले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता पनि गराउने भएको छ । त्यसको आधिकारिक निर्णय आजको बैठकबाट हुने उनले बताए । यसअघि बसेको शीर्ष नेताको बैठकले दल दर्ता गराउने, बारामा हुने उपनिर्वाचनमा उम्मेदवार उठाउने लगायतका विषयमा छलफल गरिसकेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग सरकारका विषयमा छलफल पनि गरेका छन् । सम्मानजनक सहभागी हुने वतावरण बनेमा सरकारमा सहभागी हुने निर्णय समेत सो पार्टीका शीर्ष नेताहरुले गरिसकेका छन् । यिनै विषयहरुको अनुमोदनका लागि आजको कार्यकारिणी समितिको बैठक बसेको हो ।

सम्बन्धित समाचारसबै