ग्राण्ड एकेडेमीमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

0 Shares

ललितपुर– सातदोबाटोको एम्बिएन्स लञ्जमा ग्राण्ड एकेडेमी स्कूलले एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा सहित फेयरवेल कार्यक्रम आयोजना गरेको छ । एकेडेमीका कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा आज शुक्रबार अपरान्ह १२ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो । 

ग्राण्ड एकेडेमीका प्रिन्सिपल सिमा राईको सभापतित्व तथा केन्द्रिय शिक्षा विभागका कर्मचारी माया राईको प्रमुख आतिथ्य लगायत अरु शैक्षिक वर्गका प्रतिष्ठित व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एसईई का लागि तयारी गरिरहेका २१ जना विद्यार्थीहरुलाई कक्षा ९ मा अध्यनरत २५ जना विद्यार्थीहरुले फेयरवेल गरेका थिए ।

कार्यक्रमा बोल्दै ग्राण्ड एकेडेमीका प्रिन्सिल राईले आउँदो एसईईका विद्यार्थीहरुलाई शुभकामना दिँदै कुनैपनि प्रश्नहरु नछोडी उत्तर दिनुनै बुद्धिमानी हुने र सबै शिक्षकहरुले दिएको माया र अभिभावकको स्नेहले विद्यार्थीहरुले पूर्ण अंक पाउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी तथा अरु शिक्षहरुले पनि विद्यार्थीहरुलाई प्रशस्त शुभकामना लगायत भविष्यको शुभकामना प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा पनि प्रस्फुटन गरेका थिए । जसमा गायन तथा नृत्यको जोडदार प्रस्तुतीले हल गुञ्जयमान बनेको थियो ।

सम्बन्धित समाचारसबै