0
Shares
विराटनगर– कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान–१५ का पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेका उनी मंगलवार राति अचानक बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । लिम्बुको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइ समेत रहेका बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए ।
विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताए ।