हिन्दी सिरिजमा नेपाली अभिनेत्री निरिशा

0 Shares

काठमाडौं– निरिशा बस्नेत फिल्म ‘जानी नजानी’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु फिल्ममा सोचेजस्तो सफलता हात पार्न नसकेकी उनी लामो समयदेखि बलिउडमा संघर्षरत छिन् । ठुलो पर्दाका लागि बलिउडमा पुगेकी उनी सानो पर्दामा भने लगातार अभिनय गरिरहेकी छन् ।

केही अगाडि ‘चन्द्र नन्दिनी’, ‘अलादिन’, ‘तेनाली रामा’ लगायतका सिरियल अभिनय गरेकी उनी अब एक नयाँ हिन्दी वेब सिरियल ‘आशिकाना’ मा पनि देखिनै भएकी छन् । निर्माण युनिटले जारी गरेको सिरिजको एक पोस्टरमा निरिशा समेत देखिएकी छन् । पोष्टरमा निरिशाको हातमा पेस्तोल समेत देखिएको छ ।

क्राइम, रोमान्स, थ्रिलर जनरामा निर्माण भएको सिरिज गुल खानले निर्देशन र निर्माण गरेका हुन् । सिरिजमा निरिशासँगै जैन इबाद खान र खुसी दुवेको पनि मुख्य भूमिका छ । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् ।

सम्बन्धित समाचारसबै