0
Shares

काठमाडौं– जर्जिया मेलोनीले आइतबार औपचारिक रूपमा इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ । चार हप्ता अघि उनको दक्षिणपन्थी पार्टीले आम चुनावमा जित हासिल गरेपछि उनी प्रधानमन्त्री चुनिएकी हुन्।
रोममा आयोजित एक समारोहमा उनले निवर्तमान प्रधानमन्त्री मारियो द्राघीसँग ९० मिनेटको वार्ता गरेकी थिइन् । सो अवसरमा निवर्तमान प्रधानमन्त्री मारियोले वनियुक्त प्रधानमन्त्री मेलोनीलाई प्रतीकात्मक रूपमा क्याबिनेट बहसहरूमा प्रयोग हुने सानो घण्टी हस्तान्तरण गरेका थिए ।