एमालेसँगको गठबन्धन छोड्दा पश्ताचाप छैन: प्रधानमन्त्री प्रचण्ड

0 Shares

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन छोड्दा आफूलाई कुनै पश्ताचाप नभएको बताएका छन्। प्रतिनिधि सभामा विश्वासको मत माग्दा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले प्रधानमन्त्रीभन्दा शान्ति र संविधान खोजेको दावी गरे।

ओलीसँग अजेन्डा नमिलेको कारण गठबन्धन छोडेको समेत उनले बताए। ‘दुई तिहाइ बहुमत प्राप्त सरकारको प्रधानमन्त्री किन पटकपटक संसद् विघटन गर्नुपर्ने अवस्थामा पुगे? केन्द्र सरकार किन गयो? सातै प्रदेशको सरकार किन गुम्यो?’ उनले भने, ‘यसको समीक्षा नगरी एकअर्कालाई दोषारोपण गरेर मात्र हुँदैन।’

हिजो संविधान र शान्ति सम्झौता गर्दा एउटा सिद्धान्तमा टेकेर गरेको उनले बताए। संविधानमाथि नै घात हुने गरी अघि बढेपछि विग्रह भएको भन्दै प्रचण्डले सबैले मम भन्नुपर्ने बताए। उनले सातै प्रदेशमा आफ्नै सरकार, दुई तिहाइ जताततै, हातैभरि नियुक्ति थियो। तर किन यस्तो अवस्था अन्त्य भयो समीक्षा हुनुपर्ने बताए।

सम्बन्धित समाचारसबै