0
Shares

काठमाडौं – दक्षिण कोरियाली कम्पनी सामसङले यस वर्षको अन्त्यमा ग्यालेक्सी स्मार्टट्यागको नयाँ भर्सन सार्वजनिक गर्ने भएको छ । सन् २०२१ मा ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोन सँगै कम्पनीले आफ्नो पहिलो ग्यालेक्सी स्मार्टट्याग सार्वजनिक गरेको थियो ।
सन् २०२१ देखि स्मार्टट्यागमा थप कुनै अपडेट उपलब्ध नगराएको कम्पनीले अब भने नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको हो । स्मार्टट्याग सँगै कम्पनीले दुई ओटा फोल्डेबल स्मार्टफोनका साथै ग्यालेक्सी बड्स३ र ग्यालेक्सी वाच६ समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।