काठमाडौं– माओवादी धाराका दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक अहिले बिहान साढे ८ बजेदेखि बालुवाटारमा जारी छ । बैठकमा माओवादी केन्द्रका, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीर नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत छन् ।
प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादीधारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ।