आज सांसद चन्द्र भण्डारीको हातको अपरेसन गरिँदै

0 Shares

काठमाडाैं- प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बन्स सेन्टरमा उपचार जारी छ । आज उनको दायाँ हातको अपरेसन गरिने अस्पतालले जनाएको छ । देब्रे हातका औंलाको पनि अपरेसन गर्नुपर्ने हुन सक्ने चिकित्सकले बताएकाछन । भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

भण्डारी राम्रोसँग बोल्ने उनले खाना पनि राम्रोसँग खाइरहेको जनाइएको छ । इन्फेक्सन हुन सक्ने भएकाले अस्पताल बसाइ केही लम्बिने भएको छ । संक्रमण हुन सक्ने कारणले शुभेच्छुक / आगन्तुकलाई सांसद भण्डारीसित भेटघाट गर्न दिइएको छैन । यही फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचारसबै