0
Shares
काठमाडौँ – तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए । अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन् । बैठकमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल सहभागी छन् । अध्यक्ष नेपाल बालुवाटार जाँदैछन् ।