0
Shares
एजेन्सी – अमेरिकामा बुधवार टेनेसी नेसनल गार्डको ब्ल्याक हक हेलिकप्टर म्याडिसन काउन्टीमा दुर्घटनाग्रस्त भएको छ । अलाबामा हाईवे ५३ र बरवेल रोड नजिक भएको दुर्घटनामा परी हेलिकप्टरमा सवार सबैको ज्यान गएको छ ।
हेलिकप्टरमा दुईजना कर्मचारी रहेको अधिकारीहरूले बताएका छन् । पीडितको परिवारलाई घटनाको जानकारी दिइएको छ । प्रशिक्षण उडानका क्रममा दुर्घटना भएको टेनेसी नेसनल गार्डले जनाएको छ । सेवामा रहेका अन्य कर्मचारी वा सर्वसाधारणलाई कुनै चोटपटक नलागेको पनि उसले जनायो । दुर्घटनाको कारणबारे अनुसन्धान गरिने नेसनल गार्ड ब्युरोका प्रवक्ता रोबर्ट कार्भरले बताए ।