राप्ती नदीमा डुबेर युवकको मृत्यु

0 Shares

चितवन – पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका छन ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरूले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको छ। शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

सम्बन्धित समाचारसबै