५२ संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

0 Shares

काठमाडौं – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको संवैधानिक नियुक्तिको आज अन्तिम सुनुवाइ हुँदैछ ।  संवैधानिक परिषद् अध्यादेश ल्याएर गरेका ५२ वटा संवैधानिक नियुक्ति विरुद्धको रिटहरुमा सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका १३ रिटहरुमा सुनुवाइ हुनेछ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत इजलासमा रहेका छन् । पेसी सुचीको सातौँ नम्बरमा रहेको छ ।

यस अघि तीनपटक सुनुवाइ भइसकेको छ । प्रारम्भिक सुनुवाइपछि विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमान्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नियुक्ति भएका पदाधिकारीहरुको नाममा कारण देखाउ आदेश जारी भएको थियो । रिटमा ओली सरकारले ल्याएको अध्यादेश संविधान विपरीत रहेको र संविधान विपरित रहेको अध्यादेश मार्फत भएका नियुक्तिहरु खारेज गर्न माग गरिएको छ । त्यस्तै, रिटहरु मध्येका एक रिटमा संसदीय सुनुवाइ विना नै संवैधानिक पदाधिकारी नियुक्ति गर्नु संविधानको विपरित रहेको उल्लेख छ । ओली सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित भएको थिएन ।

सम्बन्धित समाचारसबै