0
Shares
मुस्ताङ – मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।
बुधबार बिहान साढे ८ बजेतिर लेतेको धम्पुसस्थित सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा पुगेको छ भने दुर्घटनामा १७ जना यात्रु घाइते छन् । दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।
निर्माणाधीन भएकाले साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा म्याग्दी, पोखरा र भारतीयहरु सवार रहेको प्रहरीको भनाइ छ । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।