0
Shares
काठमाडौं – साफ च्याम्पियनसिप फुटबल भारतमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।
यद्यपि मिति र आयोजना हुने स्थान भने थए भइसकेको छैन । भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार मार्च १० सम्ममा आयोजना हुने स्थान तय साफले जनाएको छ ।