0
Shares
काठमाडौं– नेपालमा सार्वजनिक बिदाहरु धेरै भएको भन्दै आज माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने भएको छ। सार्वजनिक सरोकार मञ्चले आर्थिक रुपमा संकटमा परेको मुलुकामा राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक बिदा दिने परिपाटी बढ्दै गएको भन्दै विरोध गर्ने भएको छ।
मञ्चले एक विज्ञप्ति जारी गर्दै विरोधमा सहभागी हुन अपिल गरेको छ। विज्ञप्तिमा मञ्चले भनेको छ, ‘सार्वजनिक बिदा हुन हुन्न भन्ने हैन। तर एक दिनको बिदाले राज्यलाई पर्ने भारदेखि नागरिकले पाउने सेवामा वञ्चित, विद्यार्थीहरुमा पर्ने पढाइको बोझ, न्यायालयमा पर्ने असरको व्याख्या गरी साध्य छैन। त्यसकारण सार्वजनिक बिदा दिने सवालमा सरकारको ध्यानाकर्षण गर्न विरोध सभा आयोजना गरिएको हो।’