0
Shares

काठमाडौं – निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ । आज अपरान्ह ३ बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन् ।
हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए । लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए । अपरान्ह निर्वाचन आयोगले १० बैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।