‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन फिल्मकर्मी दुबई प्रस्थान गर्दै

0 Shares

काठमाडौं – चलचित्र विकास बोर्डको आयोजनामा युएईको दुबईमा हुन लागेको ‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन दुई दर्जनभन्दा बढी फिल्मकर्मी शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

अध्यक्ष भुवन केसीसहित कलाकारहरु अनमोल केसी, उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, राज कटुवाल, प्रशान्त ताम्राकार, ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार लगायत बोर्डका पदाधिकारी त्यसतर्फ प्रस्थान गर्दैछन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार हुन लागेको चार दिने महोत्सव आइतबारदेखि बुधबारसम्म दुबईमा हुनेछ । कार्यक्रमको व्यवस्थापन सूर्य कर्पोरेसनले गरेको छ ।

चारदिने फेस्टिभलमा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’जस्ता चर्चित फिल्मको प्रदर्शन, मेकरसँग अन्तरक्रिया, दुबईमा रहेका छायांकन गन्तव्य र स्टुडियोको भ्रमण, बजार विस्तारबारे स्थानीय व्यवसायी र गैरआवासीय नेपालीसँग छलफल लगायतका कार्यक्रम तय छन् ।

सम्बन्धित समाचारसबै