विवेकशील साझाको पहिलो महाधिवेशन आज समापन हुँदै

0 Shares

काठमाडौं – विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आज समापन हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा हिजोबाट सुरु भएको महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्त्व र नीतिगत स्पष्टता दिने बताइएको छ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी छन्। पार्टीको नयाँ नेतृत्त्वको आकांक्षीमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार र मिलन पाण्डे छन्। आज पार्टीको प्रस्तावित विधान र राजनीतिक दस्तावेजमाथि छलफल हुने बताइएको छ।

सम्बन्धित समाचारसबै