काठमाडाैं–आज शुक्रबार हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित फिल्म ‘आँधी तुफान २’ एकसाथ प्रदर्शन भएका हुन्।
अरुण तामाङले निर्माण गरेको फिल्म ‘मनसँग मन’ मा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, सन्ते दा, चाँदनी प्रधानलगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।
सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ।
फिल्म ‘आँधी तुफान २’ सिंगल हलहरूमा मात्रै प्रदर्शन भएको छ। यो फिल्म २०६३ सालमा निर्माण भएको फिल्म ‘आँधी तुफान’को दोस्रो भाग हो।
सस्पेन्स थ्रिलर फिल्म ‘आँधी तुफान २’ मा रवी गिरी, पुस्कर राउत, संचित भण्डारी, आरती आचार्य, सोनी विसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ।
ओम साई भक्त मुभि प्राली ब्यानरमा निर्माण भएको फिल्ममा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ।
फिल्ममा रामशरण उप्रेतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ।