काठमाडौं– शुभम पावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४८ हजार १८८ जनाले गोलाप्रथामार्फत सेयर पाएका छन्।
जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकोमा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो।कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।