जङ्गलमा ५ नाल भरुवा बन्दुक फेला

0 Shares

सुर्खेत – सुर्खेतमा प्रहरीले ५ नाल भरुवा बन्दुक फेला पारेको छ ।

जिल्लाको लेकबेशी नगरपालिका–५ माथिल्लो खल्टाकुराको राष्ट्रिय चौफारी डाँडा जङ्गलमा ती बन्दुक फेला परेका हुन् । प्रहरीका अनुसार बन्दुक ढुङ्गाको ओढारमा लुकाई छिपाई राखिएको थियो । ती बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारसबै